परीक्षणको रिपोर्ट नआउँदै कोरोना संक्रमितको शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाउने वीरगन्जको नेसनल मेडिकल कलेजलाई कारबाही गरिने भएको छ।
अन्त्येष्टि गरिएको एक हप्तापछि मृतकमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएलगत्तै सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड-१९ जिल्ला व्यवस्थापन केन्द्रको बैठकले नेसनल मेडिकल कलेजलाई सिल गरी घटनाकाे छानबिन अघि बढाउने निर्णय गरेको हो।
कोरोना परीक्षणको रिपोर्ट नआउँदै नेसनल मेडिकल कलेजले यही जेठ ४ गते मृत्यु भएका बिरामीको शव आफन्तलाई जिम्मा लगाएको थियो भने भोलिपल्ट अर्थात् जेठ ५ गते उनको अन्त्येष्टि गरिएको थियो।
त्यसको एक हप्तापछि आज जेठ १२ गते मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट नेसनलले सार्वजनिक गरेकाे हो।
हेराैँ निर्णय:

याे पनि: अन्त्येष्टि गरेको एक हप्तापछि कन्ट्याक्ट ट्रेसिङ हुँदै, परीक्षणमा ढिलाइको कारण खाेज्दै मन्त्रालय

प्रतिक्रिया