आज सोमबार दिउँसो थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे हाे। याे सँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६८२ पुगेकाे छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार नयाँ संक्रमित हुनेहरुमा सेती अस्पताल धनगढीमा उपचाररत अछामकाे मेल्लेकका ३२ वर्षीय पुरुष, भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका २२, २४ र १८ वर्षका तीन जना पुरुष र नारायणी अस्पताल वीरगन्जमा उपचाररत बाराका एक र काठमाडाैंमा २८ वर्षीय एक पुरुष रहेका छन्।
आजै कपिलवस्तुकाे ताैलिहवा अस्पतालमा उपचाररत एक स्वास्थ्यमकर्मी काेराेनामुक्त भएर डिस्चार्ज भएका छन्। आजै २४ जना निकाे भएका छन् भने याे सँगै नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ११२ पुगेकाे छ।
डा देवकाेटाले वीरगन्जमा गत ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे पनि जानकारी दिए। काेराेना संक्रमणबाट नेपालमा चार जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

प्रतिक्रिया