वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका ९ जना कोरोना संक्रमित निको भई शनिबार डिस्चार्ज भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि पर्सा र रौतहटका ३-३ जना, बाराका २ जना र एक जना भारतीय नागरिकलाई डिस्चार्ज गरिएको जनाए।
योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ७९ पुगेको छ। नेपालमा ५३४ जना कोरोना संक्रमित भेटिएको छ।
अस्पतालको आइसोलेसन कक्षमा ७१ जना कोरोना संक्रमित उपचाररत थिए।
प्रतिक्रिया