ad ad

समाज


चन्द्रागिरि नगरपालिकामा आरडीटी पोजेटिभ देखिएपछि ६५ जना क्वारेन्टिनमा

चन्द्रागिरि नगरपालिकामा आरडीटी पोजेटिभ देखिएपछि ६५ जना क्वारेन्टिनमा

नेपालखबर
जेठ १०, २०७७ शनिबार ७:१७,

चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ। नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडीटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए। ‘विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरि प्रवेश गरेका व्यक्तिमा आरडीटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो’, उनले भने।

चन्द्रागिरिले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मंगल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरि कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ। चन्द्रागिरि क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टिनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहर व्यवस्थापनको काम गर्दै आएको छ।

क्वारेन्टिनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ। चन्द्रागिरिमा आरडीटीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको पिसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ। चन्द्रागिरिले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १०६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .