समाज


समानताको नारा लगाउने नेता छोरीको अन्तर्जातीय विवाहदेखि रुष्ट

समानताको नारा लगाउने नेता छोरीको अन्तर्जातीय विवाहदेखि रुष्ट

नेपालखबर
असार २६, २०७६ बिहिबार १२:४०,

यतिबेला साक्षी आफ्नो ज्यानको खतरा भएको बताउँदै सुरक्षाको माग गरिरहेकी छिन्।

साक्षीले सामाजिक संजालमै भिडियो पोस्ट गरेर बुबा र उनका मानिसले आफू र पति अभिलाई पछ्याइरहेको बताएकी छिन्। आफ्ना पिताले पतिको परिवारलाई समेत दबाब दिएको उनले बताएकी छिन्।

यद्यपी साक्षीको पिता राजेश कुमार मिश्राले बीबीसी हिन्दीसँगको कुराकानीमा छोरी साक्षीको आरोप अस्वीकार गरेका छन्। साक्षीका अनुसार उनले र अभिले प्रेम विवाह गरेका हुन्। तर पिता राजेश मिश्रा यस विवाहबाट खुशी छैनन्। अभिलाई ज्वाँइ स्वीकार गरेका छैनन्।

पिता ने क्या कहा?

राजेश कुमार मिश्रा

साक्षीले पिता र उनका मानिसबाट आफूहरु असुरक्षित भएका कारण भाग्दाभाग्दा थकित भइसकेको भिडियोमा बताएकी छिन्। द हिन्दुका पत्रकार सौरभ त्रिवेदीले बुधबार एक भिडियो ट्वीट गरेका थिए।

भिडियोमा साक्षीका पति अभिले आफुहरु होटेलमा बसिरहेका बेला आफूहरुलाई नियन्त्रणमा लिन केही मानिसहरु आएको तर आफूहरु भागेको बताएका छन्। आफू दलित र साक्षी ब्राम्हण भएका कारण साक्षीको परिवारले सम्बन्धलाई स्वीकार नगरेको उनी बताउँछन्।

बीबीसी हिन्दीसँग विधायक राजेश कुमार मिश्राले आफूले छोरीलाई धम्की नदिएको बताएका छन्। उनले आफूले छोरी खोज्न नपठाएको पनि बताएका छन्।

भिडियाे

उनले भने,‘जो हाम्रो परिवारबाट निस्कन्छ उसलाई हामी कहिल्यै सम्पर्क गर्दैनौं। उसलाई जहाँ मनलाग्छ उ त्यहीँ बस्छ। न हामी कतै गयौं, न हामीले फोन गर्यौ। न हामी प्रहरीसमक्ष गयौं। हामी यसबारेमा केही भन्न चाहन्नौं। म आफ्नो काम गर्छु। मलाई कसैको मतलब छैन।’

साक्षीले भिडियोमा आफ्नो पिता र उनको परिवारलाई केही भए त्यसको जिम्मेवारी पिताले लिनुपर्ने बताएकी छिन्। उनले प्रहरीलाई सुरक्षा दिन आग्रह गरेकी छिन्।

भिडियाे

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .