समाज


१६ वर्षीय युवक चोरीका दुई कारसहित पक्राउ

१६ वर्षीय युवक चोरीका दुई कारसहित पक्राउ

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १०:५४,

प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने लोकबहादुर सार्कीका १६ वर्षीय छोरा नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए।

ती युवकले यही जेठ ३ गते सो उपमहानगरपालिका–४ उतरबेहडी बस्ने राजेन्द्रबहादुर मल्लले आफ्नै घर अगाडि सडकमा पार्किङ गरिराखेको बा८च २१०० नंको कार र ७ गते सोही ठाउँबाट रातिको समयमा रवीन्द्रदेव भट्टको डेरा कोठा भएको घरआँगनमा राखेको बा१४च ४७८१ नंको कार चोरी गरेको उनले बताए।

युवकको साथबाट प्रहरीले नगद रु १२ हजार ४७०, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद गरेको बताइएको छ। निजले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .