धादिङको थाक्रे गाउँपालिकाले कोरोना संक्रमित भेटिएपछि वडा नं. ७ जुगेखोला क्षेत्र आसपासमा गरेको सिल फुकुवा गरेको छ।
गाउँपालिकाको वडा नं. ७ बस्ने १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि यही जेठ ६ गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त क्षेत्रमा ११ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको थियो।
तर कोरोना संक्रमितको परिवार तथा नजिकको सम्पर्कमा रहेका अन्य व्यक्ति सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त क्षेत्रमा गरिएको सिल फुकुवा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए।
प्रतिक्रिया