समाज


भारत र बंगलादेशमा अम्पुन आँधीः मृतकको संख्या ८४ पुग्यो, ५ लाख घरबारविहीन

भारत र बंगलादेशमा अम्पुन आँधीः मृतकको संख्या ८४ पुग्यो, ५ लाख घरबारविहीन

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १५:२८,

शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा गरी अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ।

आँधीले घरलगायत सयौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रूख, बोटबिरुवा सखाप भएका छन्। विद्युत, पानी, सञ्चारलगायत सेवाहरु पनि अवरुद्ध भएको अधिकारीले जनाएका छन्।

संयुक्त राष्ट्रसंघले १ करोड मानिस आँधीबाट प्रभावित भएको र ५ लाख मानिसले घर गुमाएको जनाएको छ। घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ।

अधिकारीले दिएको जानकारीअनुसार भारतको पश्चिम बंगाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ। तीमध्ये पनि १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिएकी छन्। उनले भनिन्, ‘यति ठूलो र विनासकारी आँधी मैले अहिलेसम्म देखेकी थिइनँ।’

यस्तै आँधीका कारण बंगलादेशमा १२ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। मौसम पुर्वानुमान राम्रो भएकाले लाखौं मानिसलाई उद्धार गर्न सफल भएको उनीहरूको भनाइ छ। बंगलादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरमा राखिएको छ। भारतमा ६ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरिएको छ।

आँधीका कारण कम्तीमा १ करोड मानिस विद्युत् सेवाबाट वञ्चित बनेको बंगलादेशका ग्रामिण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिए। ‘आँधीका कारण अनगन्ती विद्युत् पोल ढलेका छन्, टा«म्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असीमित रूख ढलेका छन्,’ उनले भने।

सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा छन्। कोरोना भाइरसको त्रासकैबीच विनासकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन्।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad