भारतद्वारा अतिक्रमित भूमि लिपुलेकमा नेपाली झन्डा गाड्न हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि झन्डा बोकेर लिपुलेक हिँडेका उनीहरुलाई प्रहरीले व्यास गाउँपालिका-२ दुम्लिङबाट पक्राउ गरिएको हो।
व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। उनीहरुलाई सदरमुकाम खलङ्गा ल्याइरहेको उनले जानकारी दिए।
प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको हाे।
जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा प्रचा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए। बन्दाबन्दीको अवस्थामा उनीहरु लुकेर व्यासको दुम्लिङ पुगेका थिए। रासस
Shares

प्रतिक्रिया