सर्लाहीको नेपाल-भारत सीमा क्षेत्र नजिकै एक पुरुषको शव फेला परेको छ।
पर्सा गाउँपालिका-१ सितलपुर टोल नजिक दशगजा क्षेत्रमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृतकको हातमा लगाएको बालामा जगन राउत लेखिएको भए पनि आधिकारिक रुपमा उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ।
मृतकको कपडाको खल्तीबाट १० र २ रुपैयाँको भारतीय सिक्का फेला परेको छ।
शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ। उनको मृत्युको कारण पनि खुलेको छैन।
42
Shares

प्रतिक्रिया