ad ad

समाज


लकडाउनको उल्लंघन गरी प्रदर्शनमा उत्रेका जसपाका १५ कार्यकर्ता पक्राउ

लकडाउनको उल्लंघन गरी प्रदर्शनमा उत्रेका जसपाका १५ कार्यकर्ता पक्राउ

शैलेन्द्र महतो
जेठ ८, २०७७ बिहिबार ९:५६,

जनकपुरमा लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जनता समाजवादी पार्टीका १५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। केही दिन अघि लकडाउन उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको गाडी प्रहरीले जनकपुरको भानुचोकबाट पक्राउ गरेको थियो।

त्यस क्रममा प्रदेश सांसद यादवले प्रहरीलाई ‘तिनीहरु ‘मलाई चिन्दैनौं? म को हुँ?’ लगायतका शब्द प्रयोग गरी पदको धाक देखाउँदै प्रहरीलाई अभद्र व्यवहार गरेका थिए। सोही विषयको समाचार केही सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जनता समाजवादी पार्टीका युवा नेता नविन यादवको नेतृत्वमा केही युवाहरुको समूह बिहीबार जनकपुरमा प्रदर्शनमा उत्रेका हुन्।

लकडाउनको उल्लंघन गरी प्रदर्शनमा उत्रेकाले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .