समाज


जात व्यवस्थाविरुद्ध काठमाडौँमा प्रदर्शन

जात व्यवस्थाविरुद्ध काठमाडौँमा प्रदर्शन

नेपालखबर
जेठ १०, २०८३ आइतबार १५:४४, काठमाडौँ

जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, श्रृङ्खलावद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ। 

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो र्‍यालीमा देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी छन्।

यो ऐतिहासिक विद्रोह दिवसको घोषणा ६ वर्षपहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विक लगायत ६ जना युवाको सम्मान र न्याय खोज्ने प्रतिरोधको रूपमा गरिएको थियो। 

‘अन्तरजातीय प्रेमकै कारण ज्यान फाल्नुपर्ने यो देश कस्तो गणतन्त्र हो?’ भन्दै र्‍यालीमा सहभागी युवा अधिकारकर्मीहरूले आक्रोश पोखेका छन्।

‘हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्य विना लोकतन्त्र अधुरो छ’ लगायतका प्लकोर्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले भूमिहीन दलितहरूलाई खेतीयोग्य जमिनको व्यवस्था गर, दलित विद्यार्थीका निम्ति छात्रवृत्तिसहित निशुल्क शिक्षा सुनिश्चित गर र दलित हत्याकाण्डको न्यायिक छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर जस्ता सामरिक र नीतिगत मागहरू प्रस्तुत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad