कारोबार


सामसङले ल्यायो ‘सेभिङ डेज’ अफर

सामसङले ल्यायो ‘सेभिङ डेज’ अफर

नेपालखबर
जेठ १०, २०८३ आइतबार १५:५२, काठमाडौँ

सामसङ नेपालले ‘सामसङ सेभिङ डेज’ अफर ल्याएको छ। यसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजेरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो। यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मेशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट पाउन सक्छन्। साथै, २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा पनि उपलब्ध छ। जहाँ वासिङ मेसिनको किस्ता मासिक १ हजार ३७० रुपैयाँदेखि र रेफ्रिजरेटरको किस्ता मासिक १ हजार ४०८ रुपैयाँदेखि सुरु हुन्छ। यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्ने बनाउदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउने कम्पनीले जनाएको छ।

वासिङ मेसिन अफरतर्फ एआई इकोबबल टीएम वासर ड्रायरमा २३ प्रतिशतसम्म, एआई इकोबबल टीएम फ्रन्ट लोडमा २२ प्रतिशतसम्म, फुल्ली अटोमेटिक टप लोडमा १२ प्रतिशतसम्म र सेमि अटोमेटिक टप लोडमा १२ प्रतिशतसम्म क्यासब्याक अफर छ। त्यसैगरी रेफ्रिजेरेटर अफरमा एसबीएसमा ११ प्रतिशतसम्म, ५ इन १ मा १५ प्रतिशतसम्म, डबल डोरमा १७ प्रतिशत र सिंगल डोरमा प्रतिशतसम्म क्यासब्याक रहेका छन्। 

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा उपकरणहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

नयाँ सामसङ होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्जसमेत गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad