समाज


काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली, साँझपख पर्नेछ पानी

काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली, साँझपख पर्नेछ पानी

काठमाडौँको स्वयम्भू क्षेत्र। तस्बिर : रासस


नेपालखबर
जेठ १०, २०८३ आइतबार ७:५८, काठमाडौँ

आज (आइतबार) पनि काठमाडौँ उपत्यकामा साँझपख वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली छ’, उनले नेपालखबरसँग भनिन्, ‘अपराह्नपछि बादल बढ्दै गएर साँझपख मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।’ 

उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो नै बादल लाग्ने सम्भावना छ। तर यसो भनेर घाम नलाग्ने भन्ने होइन। 

‘बादल पनि लाग्छ र घाम पनि देखिन्छ तर अपराह्नपछि मौसम बदली भई साँझपख पानी पर्ने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्।

देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले केही बेरमा विस्तृत बुलेटिन जारी गर्नेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad