पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा भएको छ। सङ्खुवासभामा पछिल्लो २४ घण्टामा १६९ मिलीमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाले एक सय मिलीमिटरबाट माथि नाघेपछि त्यसले बाढी, पहिरोको खतरा बढाउँछ। यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
संखुवासभामा एक घण्टामै १५।६, तीन घण्टामा ७१।४, छ घण्टामा ८५ र १२ घण्टामा १३९ मिलीमिटर वर्षा भएको छ । यो अत्यधिक वर्षा हो।
यस्तै पछिल्लो २४ घण्टामा धादिङ र चितवनमा पनि ४३÷४३ मिलीमिटर वर्षा भएको छ। गएराति मकवानपुर, रौतहट, सिन्धुली, सङ्खुवासभाका केही क्षेत्रमा वर्षा भएको थियो। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
Shares

प्रतिक्रिया