समाज


कञ्चनपुरमा शहीद गोविन्द गौतमको शालिक अनावरण

कञ्चनपुरमा शहीद गोविन्द गौतमको शालिक अनावरण

नेपालखबर
असार २६, २०७६ बिहिबार १०:५९,

भारतीय अर्धसैनिक बल एसएसबीको गोली लागेर मृत्यु भएका शहीद गोविन्द गौतमको शालिक अनावरण गरिएको छ।

कञ्चनपुरकाे पुनर्वास नगरपालिकास्थित आनन्दबजारमा निर्मित गौतमको शालिक बिहीबार सुदूरपश्चिम प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ र पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले संयुक्तरुपम अनावरण गरे।

कार्यक्रममा सांसद तामाङले साे क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गोविन्द गौतम स्मृति पार्कलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिए।

शालिक अनावरण कार्यक्रममा गौतमका परिवारका सदस्यहरु बुवा, आमा, श्रीमती तथा छोरीसहित स्थानीयको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

govind gautam

भारतीय पक्षले कञ्चनपुरको आनन्द बजार क्षेत्रमा सीमा अतिक्रमण गरी निर्माधिन कल्भर्ट भत्काउने कार्यको विरुद्ध भएको प्रतिकार आन्दोलनमा २०७३ साल असार २६ गते भारतीय एसएसबीले गोली प्रहार गर्दा गौतमको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad