सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहतस्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताए।

प्रतिक्रिया