समाज


वैशाखमा २३ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

वैशाखमा २३ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १५:२०, काठमाडौँ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोसी प्रदेशबाट ३२६, मधेसबाट ७३०, बागमतीबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ८४ जना पक्राउ परेका हुन्। 

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ। उनीहरूबाट रु २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ। 

प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad