नेपाल पत्रकार महासंघले पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार तथा धम्कीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
लोकतन्त्रखबर डटकममा प्रकाशित समाचारमा चित्त नबुझेको भन्दै मलंगवास्थित सुस्ति सोम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झाले फोन गरी पत्रकार अलीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको महासंघ सर्लाही शाखाले जनाएको छ।
सर्लाही मेडिया हाउस र डेली न्यूज अपडेट नामको फेसबुक पेज बनाएर पत्रकार अलीको चरित्रहत्या गरिनुका साथै ज्यान मार्नेसम्मको धम्की आएको पनि शाखाले जनाएको छ।
महासंघ महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति प्रकाशित गरी घटनाको भर्त्सना गरेका छन्।
‘प्रकाशित समाचारप्रति असहमती भए विधिसम्मत समाधान खोज्नु पर्नेमा पत्रकारलाई गालीगलौज तथा धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी हर्कत हो’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’
Shares

प्रतिक्रिया