समाज


१९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवक पक्राउ, अर्का फरार

१९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवक पक्राउ, अर्का फरार

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १३:३, काठमाडौँ

एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट दुई युवकलाई पक्राउ गरेको छ। 

अर्का एक युवक फरार रहेका प्रहरीले जनाएको छ। 

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

ओम, राजेन्द्रसँगै तुलसीपुर उपमहानगरपालिका-८ टिकरी बस्ने २४ वर्षीय राजेश चौधरीले ती किशोरीलाई सामूहिक रुपमा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले ओम र राजेन्द्रलाई पक्राउ गरेको हो। 

हाल फरार रहेका राजेशको खोजी भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad