सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आजदेखि यही जेठ १८ गतेसम्म आवेदन दिन सकिने गरी दरखास्त आह्वान गरेको हो।
बालेन शाह नेतृत्वको वर्तमान सरकारले अध्यादेश मार्फत् विगतको सरकारले गरेका नियुक्ति खारेज गरेपछि संस्थानको नयाँ महाप्रवन्धक नियुक्ति प्रक्रिया अघि बढाएको हो।
दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

12
Shares

प्रतिक्रिया