एएफपीका अनुसार ती डाक्टरले सुत्केरी विदा मागेकी थिइन्। तर अस्पतालले ती ८ महिनाकी गर्भवती डाक्टरलाई विदा दिएको थिएन।
गत शुक्रबार डाक्टर वाफा बोउडिसाको कोरोनाको संक्रमणपछि मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
रास अल ओएद अस्पतालको सघन उपचार कक्षमा वाफा कार्यरत थिइन्। अस्पतालले डाक्टर वाफा बोउडिसाले कहिल्यै कोरोना संक्रमितको उपचार नगरको जनाएको छ।
हाल अल्जेरियाको सरकारले उक्त अस्पताललाई गर्भवती महिलालाई बिदा नदिएको विषयमा अनुसन्धान गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया