पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ४ पाचपेडा र सरावल गाउँपालिका ७ खजुरा खोलाको किनारबाट सशस्त्र प्रहरी टोलीले विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको सरावल गाउँपालिका ९ रामग्राम बस्ने २७ वर्षिय जोगेन्द्र हरिजन छन्।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ४ सय ९४ वटा, फेनारगन ५ सय वटा, नाईट्राभेट ट्याब्लेट १ हजार ७ सय ९ वटा, स्पास्मो प्रोक्सिभन प्लस ९६ वटा, नोफिन इन्जेक्सन ४ सय ९३ र वानरेक्स ७ वटा फेला परेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ।
पक्राउ परेका हरिजनलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
Shares

प्रतिक्रिया