समाज


यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण

यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण

नेपालखबर
जेठ ३, २०८३ आइतबार १४:१२, काठमाडौँ

सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेका छन्।

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीले आज (आइतबार) बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्। 

सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

उनका अनुसार सशस्त्र प्रहरीको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो। 

शेर्पा इलामको सन्दकपुर गाउँपालिकास्थित माबुमा जन्मिएकी हुन्। राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी कार्की रामेछाप गोकुलगंगा गाउँपालिका-१, चुचुरेमा जन्मिएको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad