काठमाडौंमा प्रेस कार्ड लिएर चोरी गर्दै हिँडेका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका वडा न १४ घर भइ काठमाडौंको धुम्बाराही बस्ने आश्रय रिजाल हिमाल, हम्मे भन्ने २१ वर्षीय हिमाल रसाईली र बाराको बड्की फुलबारी गाउँपालिका–३ का २८ वर्षीय अलि आलम मिया रहेका छन्।
लकडाउनका समयमा उपत्यकाका विभिन्न स्थानमा चोरी भइरहेको विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनीहरु फेला परेको प्रहरीले जनाएको छ।
चोरीमा संलग्नहरुले सिनामंगल स्थित एरियर ब्वाइज होस्टलबाट बिभिन्न समयमा ४ थान ल्यापटप चोरी गर्नुका साथै चावहिल भत्केको पुलस्थित डा. सुबिन मानन्धरको एप्पल म्याकबुक प्रो ल्यापटप र एप्पल आई प्याड चोरी गरेको जनाइएको छ। चोरीका विभिन्न सामान तथा ५३ हजार रुपैयाँ नगदसहित चाबहिल भत्केको पुलबाट पक्राउ परेको उनीहरुलाई महानगरिय प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्तिहरुले एपीवान टेलिभिजनको कार्ड बोकेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया