युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासीबाट एक युवक पक्राउ परेका छन्।
२२ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका- १५ शिवालय टोल बस्ने २० वर्षीय केशव सुनारी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
केशवले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी छ।
282
Shares

प्रतिक्रिया