समाज


चेक अनादर मुद्दामा जेल तोकिएका २ जना प्रतिवादी काठमाडौँबाट पक्राउ

चेक अनादर मुद्दामा जेल तोकिएका २ जना प्रतिवादी काठमाडौँबाट पक्राउ

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:४८, काठमाडौँ

चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका ४७ वर्षीय पूर्ण बहादुर डिम्डुङ र काठमाडौं महानगरपालिका-३१ बस्ने भीमसेनगोला बस्ने तेह्रथुम फिदिम नगरपालिका-४ घर भएका ५८ वर्षीया सलिजा कान्दङवा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसला अनुसार उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका पूर्णबहादुरलाई ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट र सोही मुद्दामा फरार रहेकी सलिजालाई काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पुर्ण बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुर र सलिजालाई जिल्ला अदालत पाँचथर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad