समाज


लकडाउन खुकुलो पार्नेबित्तिकै भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एसियामै सबैभन्दा बढी

लकडाउन खुकुलो पार्नेबित्तिकै भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एसियामै सबैभन्दा बढी

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ५:२१,

भारतमा  मंगलबार कोरोना संक्रमितको संख्या लाख नाघेको छ। यो संख्या एसियामै सर्वाधिक हो।

यसअघि एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमितको संख्या चीनमा थियो।

भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ९७० नयाँ  संक्रमित थपिएका हुन्। याेसमेत भारतमा काेराेना संक्रमण पुष्टि हुने व्यक्तिकाे संख्या १ लाख १ हजार १ सय ३९ पुगेकाे हाे।

भारतका राज्य सरकारहरूले कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यसरी संक्रमितको संख्या बढेको हो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३४ जनाको ज्यान पनि गएको छ। योसमेत भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ३ हजार १ सय ६३ पुगेको छ।

सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा ३५ हजार ५८ जनामा देखिएको छ, जहाँ मात्रै १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ।

यस्तै संक्रमितमध्ये भारतमा अहिलेसम्म ३९ हजार १ सय ७४ जना निको भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतमा कोरोना संक्रमण जुन महिनामा उत्कर्ष पुग्ने अनुमान रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad