वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्।
बाढी-पहिरोले मंगलबार अवरुद्ध भएको कान्ती लोकपथसहित केही राजमार्गमा भने पहिरो पन्छाएपछि आज बिहानदेखि गाडी चल्न थालेका प्रहरीले जनाएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसयबेँसी लगायतका ठाउँमा बाढीपहिरोको कारण बीपी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरि बीपी राजमार्गमै पर्ने काभ्रेको खुर्कोट-नेपालथोक सडकमा पनि जोखिमको कारण अहिले प्रहरीले गाडी सञ्चालनमा रोक लगाएको छ।
त्यसैगरि अबिरल वर्षापछिको बाढीको कारण ईलामको इलाम रोङ गाउँपालिका- ६ सलकपुरमा ङखेप-झापा सडक अवरुद्ध भएको छ।
मंगलबार ललितपपुरको बागमती नगरपालिका- ३ भालुखोलामा खसेको पहिरो पन्छाएपछि कान्तीलोकपथमा यातायात सुचारु भएको छ।
त्यसैगरी बाढीको कारण भोजपुरको भोजपुर नगरपालिका-५ बोखिममा अहिले सडक एकतर्फी छ भने ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ मा खसेको पहिरो पन्छाएर भित्री सडक खण्डमा यातायात सुचारु गरिएको छ।
त्यसैगरी सिन्धुलीपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा सोमबार खसेको पहिरो पन्छाएपछि त्यहाँ पनि अहिले अरनिको राजमार्गमा गाडी सुचारु भएका छन्।
त्यसैगरि म्याग्दीको बेनी जोमसोम सडक र लमजुङमा मध्यपहाडी राजमार्गमा पनि पहिरोको कारण सडक एकतर्फी भएको छ।
पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी जारी रहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् अवरुद्ध र सूचारु सडकको सूची

Shares

प्रतिक्रिया