समाज


कक्षा १२ को परीक्षा सुरु, ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षा सुरु, ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी

दाङको घोराहीमा रहेको मावि रझेना परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा दिँदै विद्यार्थी । तस्बिरः कुलदीप न्यौपाने/रासस


नेपालखबर
बैशाख १४, २०८३ सोमबार ९:१४, काठमाडौँ

माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु भएको छ। 

सोमबार बिहान ८ बजेदेखि जारी परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको नयाँ र पुरानो कोर्षको परीक्षा भइरहेको छ। 

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी भएका छन्। 

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन्। 

यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।

परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ। यही वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ।

यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए।

यस वर्ष गतको तुलनामा ९२ हजार ७२५ जना कम विद्यार्थी छन्। 

बोर्डले यस गत वर्ष नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष विद्यार्थी संख्या घटेको देखिएको जनाएको छ। 

गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष परीक्षा सकिएको डेढ महिनामै परीक्षाफल प्रकाशित गर्ने बोर्डको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad