नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरु प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।
आइतबार बसेको बढुवा समितिले जनपदतर्फ बढुवा गर्ने निर्णय गर्दै राति सूची सार्वजनिक गरेको हो।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा रहेको बढुवा समितिले पहिलो नम्बरमा पृथ्वीनारायण ओली र दोस्रो नम्बरमा केदारराज पन्तलाई सिफारिस गरेको छ।
समितिमा गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य सदस्य र एआईजी शैलेश थापा सदस्य सचिव छन्।
यी हुन् बढुवा सिफारिसमा परेकाहरु :
प्रतिक्रिया