समाज


रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग १५ घण्टादेखि अवरुद्ध

रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग १५ घण्टादेखि अवरुद्ध

सुनिता विष्ट
बैशाख १३, २०८३ आइतबार ७:५५, हेटौँडा

लगातारको वर्षाका कारण बीपी राजमार्ग १५ घण्टादेखि अवरुद्ध भएको छ। 

काभ्रे र सिन्धुलीको आँपघारी क्षेत्रका विभिन्न स्थानका डाइभर्सन बाढीले बगाउँदा सडक पूर्ण रूपमा बन्द भएको हो।

शनिबार दिउँसोदेखि पूर्ण रुपमा अवरुद्ध बनेको राजमार्गमा गाडी सञ्चालनमा ल्याउन अझै नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

काभ्रेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्टका अनुसार रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा तथा माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको छ। जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको हो।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वी पहाड र तराईतर्फ जाने तथा  राजधानी भित्रिने सयौं सवारीसाधन प्रभावित भएका छन्। 

यात्रुहरू बीच बाटोमै रोकिन बाध्य भएका छन् भने अत्यावश्यक सेवा समेत प्रभावित बनेको छ।

प्रहरीले जोखिम अझै कायम रहेकाले आवश्यक नपरेसम्म यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। यस्तै, वैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रहरीले यात्रीलाई सुझाव दिइएको छ।

सडक डिभिजन कार्यालय र सम्बन्धित निकायले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको डीएसपी विष्टले बताए। 

लगातारको वर्षाले राजमार्गमा आवागमन पुनः सहज बन्न अझै समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad