समाज


कालीगण्डकीले बगाउँदा आठ वर्षीय बालकको मृत्यु

कालीगण्डकीले बगाउँदा आठ वर्षीय बालकको मृत्यु

नेपालखबर
बैशाख १२, २०८३ शनिबार १५:४५, काठमाडौँ

मुस्ताङमा कालिगण्डकी नदीले बगाउँदा आठ वर्षीय बालकको मृत्यु भएको छ। 

बारागुङ मुक्तिक्षेत्र-४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ का ३२ वर्षीया विमला गौलीसहित १२ जनाको टोली शनिबार कागबेनीमा श्राद्ध गर्न पुगेको थियो। 

कागबेनीमा दिवङ्गत पितृको श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण अचानक नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर पाएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए।

उनको उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएको थियो। अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक महतले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad