ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ।
मादक पदार्थ सेवन गर्ने ७७, अवस्था ठीक नभएको सवारीका ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्लामा ५७, नो हर्नमा ७७, ओराल्ने र चढाउनेमा ५५ र अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
‘विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही सङ्ख्या तीन हजार ५०१ जना रहेका छन्। कारबाहीबाट जम्मा राजस्व रकम रु २५ लाख १५ हजार ५०१ रहेको छ,’ उनले भने।
168
Shares

प्रतिक्रिया