राजनीति


गृहमन्त्रीले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो : हर्क साम्पाङ

गृहमन्त्रीले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो : हर्क साम्पाङ

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १३:४८, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्। 

मंगलबार पत्रकार सम्मेलन गरी साम्पाङले विवादमा मुछिएका गृहमन्त्री गुरुङले राजीनामा गर्नुपर्ने बताएका हुन्। सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा अध्यक्ष साम्पाङले गृहमन्त्री विवादमा नआउँदा राम्रो हुने प्रतिक्रिया दिए। 

‘त्यो विषयबस्तु त होइन, तर प्रश्न आइहाल्यो। प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला,’ साम्पाङले थपे, ‘उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो।’

गृहमन्त्री गुरुङबारे नयाँनयाँ विवाद आइरहेकाले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने उनको भनाइ थियो। गृहमन्त्रीबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको उनले बताए। 

अहिले आएको विवादको समाधान गर्न पनि राजीनामा उपयुक्त हुने उनको सुझाव थियो। ‘अब हप्तामा दुई–तीन चोटी सुनिन्छ घरी के घरी के? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु,’ उनले भने। 

अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad