समाज


नेपालमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव, आज यी प्रदेशमा हुनेछ ‘तातो दिन’

नेपालमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव, आज यी प्रदेशमा हुनेछ ‘तातो दिन’

म्याग्दीको धवलागिरी गाउँपालिका-२ जलजलाबाट देखिएको गुर्जा हिमाल। तस्बिर: सन्तोष गौतम/रासस


नेपालखबर
बैशाख ७, २०८३ सोमबार ९:४१, काठमाडौँ

हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) कोसी प्रदेशसहित देशका हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

मौसमविद्को प्रक्षेपणअनुसार आज दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागसहित देशका बाँकी हिमाली भूभागका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना छ।

आज दिउँसो र राति विभिन्न सहरको तापक्रम कस्तो हुन्छ? तलको फोटोमा हेर्नुहोस्

यस्तै राति हिमाली भेगमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

यसैबिच काठमाडौँ उपत्यकामा अपराह्नतिर छिटपुट वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad