समाज


‘व्यक्तिगत श्रम स्वीकृतिका लागि आफैँ उपस्थित हुनुपर्छ, संस्थाका प्रतिनिधि नआउनू’

‘व्यक्तिगत श्रम स्वीकृतिका लागि आफैँ उपस्थित हुनुपर्छ, संस्थाका प्रतिनिधि नआउनू’

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १५:४२, काठमाडौँ

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति कार्यमा ईजाजतपत्र प्राप्त संस्था एवं प्रतिनिधिहरू संलग्न भएको गुनासो प्राप्त भएको भन्दै त्यस्ता कानुन विपरितका कार्य नगर्न सचेत गराएको छ।

विभाग अन्तर्गतको वैदेशिक श्रम श्रीकृति शाखाले शुक्रबार सूचना प्रकाशित गरी व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीबाट अनलाइन आवेदन दिन सक्ने तथा संस्थागत श्रम स्वीकृतिको कार्य ईजाजतपत्र प्राप्त संस्थाहरू मार्फत हुने स्पष्ट पारेको छ।

व्यक्तिगत श्रम स्वीकृति कार्यमा ईजाजतपत्र प्राप्त संस्थाहरू एवं प्रतिनिधिहरू संलग्न भएको गुनासो प्राप्त भएकोले त्यस्ता कानुन विपरितका कार्य नगर्न तथा त्यस्ता कार्य गरेको पाइएमा वैदेशिक रोजगार ऐन तथा नियमावली अनुसार कारबाही गरिने समेत विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad