समाज


तीव्र गतिका २ मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

तीव्र गतिका २ मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

नेपालखबर
चैत २४, २०८२ मंगलबार १३:३३, काठमाडौँ

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको छ। 

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

सो घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

उनीहरूको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।
    

प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्था रहेको जनाइएको छ।

आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए।

ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेका प्रहरीले जनाएको छ।

घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। एक जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad