समाज


प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते

प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते

प्रदीप आचार्य
चैत २४, २०८२ मंगलबार ७:८, बुटवल

रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव, भारतको महाराजन्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, रोहिणी गाउँपालिका-४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  

कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।

लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई ढुंगासमेत प्रहार गरेका छन्। 

ढुंगा लागेर प्रहरी घाईते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल फेला परेको छ।

बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad