समाज


फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

नेपालखबर
चैत २२, २०८२ आइतबार १८:७, काठमाडौँ

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

आइतबार अपरान्ह अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरू सो तालको बीच भागमा फसेका थिए। 

उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घर्तीमगरको कमाण्डको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार गरिएकाहरूमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षयि स्याडब रहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad