चितवनको भरतपुरस्थित उप(सम्मेलन केन्द्रमा आइतबार एउटा छुट्टै दृश्य देखियो— हातमा चम्किला खुकुरी र खुट्टाको तालबद्ध चाल। नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलनका अवसरमा श्री ज्वालादल गणका सैनिकहरूले प्रस्तुत गरेको खुकुरी नाचले उपस्थित सबैलाई मन्त्रमुग्ध पार्यो।
पुराना सहकर्मी र अवकाशप्राप्त सिपाहीहरूको पुनर्मिलनका लागि आयोजना गरिएको यस विशेष समारोहमा जवानहरूले सैनिक सौर्य र परम्परा झल्किने कला प्रदर्शन गरेका हुन्। वीर गोर्खालीको पहिचान मानिने खुकुरीको यो कलात्मक प्रस्तुतिले सम्मेलनमा रौनकता थपेको थियो।
दाङको घोराहीस्थित ज्वालादल गणबाट आएका सैनिक टोलीको यो प्रदर्शनलाई भूतपूर्व सैनिकहरूले उल्लासपूर्वक बजाएर स्वागत गरेका थिए।
72
Shares

प्रतिक्रिया