समाज


डोलप्रसाद अर्याल बने प्रतिनिधिसभाको सर्वसम्मत सभामुख

डोलप्रसाद अर्याल बने प्रतिनिधिसभाको सर्वसम्मत सभामुख

नेपालखबर
चैत २२, २०८२ आइतबार ११:२९, काठमाडौँ

रास्वपाका सांसद डोलप्रसाद अर्यालय सर्वसम्मत रूपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन्। प्रतिनिधसभाको दसौँ सभामुखमा निर्वाचित अर्याल रास्वाका उपाध्यक्षसमेत हुन्।

आजको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्। 

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य केसीले अर्यालय सभामुख निर्वाचित भएको घोषणा गर्दै उनको सफल कार्यकालको शुभकामनासहित बधाई दिए। 

बैठक सुरु हुनासाथ केसीले सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न सयम दिएका थिए। 

त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे। लामिछानले अर्याललाई सर्वसम्मत गर्न अन्य राजनीतिक दलबाट पनि सहयोग भएको भन्दै धन्यवाद दिए। 

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र भाैतिक पूर्वाधारमन्त्री सुनिल मम्साल ले लामिछानेको प्रस्तावको समर्थनमा बोले। 

त्यसक्रममा वाग्लेले डीपी अर्याल सभामुखको लागि उपयुक्त पात्र भएको बताए। उनले सभामुखमा निर्विरोध निर्वाचित हुन सहयोग गरेको भन्दै अन्य दललाई बधाई दिए। 

अर्यालले यसअघिको संसद्‍मा पनि सांसद र मन्त्रीसमेत बनेर आफ्नो क्षमता देखाइसकेको भन्दै अर्यालय अनुभवी नेता भएको बताए। ‘उहाँले संसद्को अभिभाव भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने। 

विगतमा सभापति र पार्टीमाथि प्रहार हुँदा अर्याल र आफूले उससभापतिको रूपमा पार्टी हाँकेको स्मरण पनि वाग्लेले गरे। मध्यम वर्गीय संघर्षबाट ओलप्रोत भएको जीवन गाथा अर्यालमा रहेको उनले बताए। 

‘उहाँ तटस्थतामा खरो सावित हुने विश्वास मैले लिएको छ,’ वाग्लेले भने, ‘कुनै दलीय आवद्धता नराखी त्याग गरेर जिम्मेवारी लिनुपर्ने पद हो यो। त्यसमा डीपी अर्यालय खरो सावित हुने विश्वास हामीलाई छ।’

कानुनमन्त्री गौतमले अबको संसद् समस्या उन्मुख हुनुपर्ने बताइन्। ‘अब बहस र भाषणले मात्र नहुने भन्दै बहसहरू जनउत्तरदायी भएर गरिनुपर्छ,’ उनले भनिन्। 

अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरि आजको बैठक स्थगित भएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad