समाज


सडकमै पल्टियो ट्रक, त्रिभुवन राजपथ ७ घण्टादेखि अवरुद्ध

सडकमै पल्टियो ट्रक, त्रिभुवन राजपथ ७ घण्टादेखि अवरुद्ध

नेपालखबर
चैत २१, २०८२ शनिबार ८:२४, हेटाैँडा

मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङस्थित त्रिभुवन राजपथमा गएराति ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

शनिबार राति करिब डेढबजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रक सडकमै पल्टिएको हो। 

ट्रकको अगाडिको दाहिनेपट्टि रहेको पट्टा भाँचिएर अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा ट्रक चालक धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ मौवाखोला निवासी अन्दाजी २७ वर्षीय ध्रुब घले सामान्य घाइते भएका छन्।

ट्रकबाट हाम फाल्ने क्रममा उनको दाहिने खुट्टाको पैतालामा चोट लागेको छ। उनलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली खटिएको छ। घटनास्थलबाट ट्रक हटाएर सडक खुलाउने कार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले नेपालखबरलाई जानकारी दिए।। 

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले अहिले त्यो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध रहेको बोगटीले बताए। 

सडक अबरूद्ध हुँदा दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad