सरकारले आजदेखि खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा सरकारका विभिन्न निकायको छलफलले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयकाअनुसार नेपाल एयरलाईन्समार्फत आज (३ अप्रिल) देखि तीन दिनसम्म चारवटा उद्धार उडान हुनेछन्।
पश्चिम एशियामा जारी तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए।
परराष्ट्र मन्त्रालयले उडान तालिकासमेत सार्वजनिक गरेको छ।
३ अप्रिल २०२६ काठमाडौं–दुबई — २३ः१५ (स्थानीय समय)
४ अप्रिल २०२६ दुबई–काठमाडौं — ०४ः१० (स्थानीय समय)
५ अप्रिल २०२६ दमाम–काठमाडौं — १२ः२० (स्थानीय समय)
Shares

प्रतिक्रिया