समाज


नेपाल प्रहरीले माग्यो प्राविधिकतर्फ डीएसपी, इन्सपेक्टर, सई, असई र जवान गरी ६०७ जनशक्ति

नेपाल प्रहरीले माग्यो प्राविधिकतर्फ डीएसपी, इन्सपेक्टर, सई, असई र जवान गरी ६०७ जनशक्ति

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८२ शुक्रबार ९:४, काठमाडौँ

नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ। 

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ। 

सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, प्रहरी अस्पताल लगायतका निकायका लागि ६०७ पदमा नयाँ कर्मचारी भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ। 

सूचना अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि यही चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ। 

त्यसैगरि प्राविधिक प्रहरी जवानका लागि यही चैत २६ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad