अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।
हालैका हप्तामा पदबाट हटाइने उनी ट्रम्प प्रशासनकी दोस्रो अधिकारी हुन्।
यसअघि मार्चमा क्रिस्टी नोएमलाई होमल्यान्ड सेक्युरिटी प्रमुख पदबाट हटाइएको थियो।
ट्रम्पले ट्रुथ सोसलमा पाम बोन्डीको प्रशंसा गर्दै उनी अब निजी क्षेत्रमा नयाँ भूमिकामा सर्ने घोषणा गरेका छन्।
अमेरिकामा महान्यायाधिवक्ता राष्ट्रको शीर्ष कानुन प्रवर्तन अधिकारी हुन्।
बोन्डी लामो समयदेखि ट्रम्पका सहयोगी र समर्थक हुन्।
न्याय विभागमा बोन्डीको कार्यकाल प्रायः जेफ्री एपस्टिन प्रकरण अनुसन्धानले विवादित रह्यो।
उनले निजी क्षेत्रमा आफ्नो नयाँ भूमिकामा ‘राष्ट्रपति ट्रम्प र यस प्रशासनका लागि लडिरहने’ बताएकी छन्।
यद्यपि उनले आफ्नो नयाँ भूमिका के हुनेछ भनेर स्पष्ट पारिनन्।
Shares

प्रतिक्रिया