ad ad

समाज


आज हावाहुरी/चट्याङसहित वर्षाको सम्भावना, कुन-कुन क्षेत्रमा?

आज हावाहुरी/चट्याङसहित वर्षाको सम्भावना, कुन-कुन क्षेत्रमा?

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १:२,

आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेकाे माैसमविद्ले बताएका छन्।

मौसम पूर्वानमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका सबै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिम पहाडमा पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ।

‘पश्चिम पहाडमा मध्याह्नपछि वर्षा हुने देखिन्छ भने केही स्थानमा त अहिले नै वर्षा सुरु भइसकेको छ,’ शुक्रबार बिहान मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पानी पर्न सुरु भइसकेको छ भने पूर्वका पनि केही ठाउँमा वर्षा भइरहेको छ।’

प्रिमनसुन भएकाले वर्षाका साथमा हावाहुरी, चट्याङको पनि उत्तिकै सम्भावना रहने मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले गरेकाे तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (शुक्रबार)

दिउँसोः  देशको मध्य तथा पूर्वी  भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  भू-भागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः  देशको पूर्वी  तथा मध्य पहाडी भू-भागमा सामान्य  बदली र पश्चिमी पहाडी भू-भागसहित मध्य क्षेत्रको तराइ भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थान तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  भू-भाग सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित  वर्षाको सम्भावना छ।

जेठ  गते (आइतबार)

दिउँसोः  देशको पूर्वी  भू-भागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मध्याह्नपछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपराह्नपछि एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको मध्य तथा पूर्वी  पहाडी  भू-भागमा सामान्य  बदली र पूर्वी तराई तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .