ad ad

समाज


कोरोना: काठमाडौं उपत्यकामा ३ दिनभित्र भेटिए ५ संक्रमित, चन्द्रागिरिमा मात्रै ३ जना

कोरोना: काठमाडौं उपत्यकामा ३ दिनभित्र भेटिए ५ संक्रमित, चन्द्रागिरिमा मात्रै ३ जना

नेपालखबर
जेठ १, २०७७ बिहिबार १५:२८,

यसअघि सुरक्षित ठानिएको काठमाडौं उपत्यकामा एकाएक कोरोना संक्रमण बढ्दै गएको पाइएको छ। तीन दिनभित्र उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तीमध्ये काठमाडौंको चन्द्रागिरि नगरपालिकामा मात्रै तीन जना कोरोना संक्रमति देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) मात्रै चन्द्रागिरिका ३२ वर्षका पुरुष र दहचाेकका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो। दहचाेक पनि चन्द्रागिरि नगरपालिकामै पर्छ। यसअघि मंगलबार चन्द्रागिरिकै ३३ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिलाकाे बस्ने ठेगाना चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ भनेर खुलाइए पनि आज संक्रमित फेला परेका बालक र युवककाे भने स्वास्थ्य मन्त्रालयले वडा नम्बर खुलाएको छैन।

मंगलबार नै भक्तपुर बस्ने २५ वर्षिया महिला र २७ वर्षिय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। यी सबै गर्दा मंगलबारदेखि आज बिहीबारसम्म तीन दिनमा काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमति फेला परेका छन्।

याे पनि: 

काठमाडौं र भक्तपुरमा भेटिएका ३ संक्रमित सवारी पास बनाएर प्रवेश गरेका थिए उपत्यका

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .