आज (सोमबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस छ।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।
यसैबिच आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ।
आज देशभरको मौसम कस्तो होला, कहाँ कहाँ वर्षा-हिमपात होला भन्ने प्रक्षेपण भने मौसम महाशाखाले अहिले बिहान ८ बजे सार्वजनिक गर्छ।
Shares

प्रतिक्रिया