हाल काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (आइतबार बिहान) कोसी, बागमती, गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ।
अनि बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले नेपालखबरलाई जानकारी दिएका छन्।
‘दिउँसोपछि मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ’, उनले भने।
देशभर आज कहाँ-कहाँ पानी पर्ने सम्भावना छ भन्ने विषयमा चाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
171
Shares

प्रतिक्रिया